Section 67
सुन तथा विदेशी मुद्रामा ऋणपत्र जारी गर्ने
(१) बैंकले नेपाल सरकारको स्वीकृति लिई कुनै निश्चित प्रयोजनका लागि सुन तथा विदेशी मुद्रामा अंकित कुनै एक वा एक भन्दा बढी प्रकारको ऋणपत्र जारी गर्न सक्नेछ । (२) उपदफा (१) बमोजिम जारी गरिने ऋणपत्रको किसिम, अवधि, सांवा, ब्याजको भुक्तानी तथा अन्य कुराहरु बैंकले तोके बमोजिम हुनेछ ।